यति एअरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि: प्रतिवेदन
काठमाडाैं | पुस १२, २०८०
काठमाडौं: जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्सको फाइनल (अन्तिम) रिपोर्ट आएको छ । यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाएको हो ।
गत वर्ष माघ १ गते काठमाडौँ–पोखरा उडानका क्रममा रहेको यती एयरलाइन्सको एटीआर–७२ ९एन–एनएनसी जहाज पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७२ जनाकै मृत्यु भएको थियो ।
उक्त घटनाको यथार्थ छानबिन गर्न गठित छानबिन समितिले प्राविधिक नभएर मानवीय त्रुटिकै कारण घटना भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
उक्त दुर्घटनामा जहाजको दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । उक्त स्थितिमा जहाज मुभ हुन नसकी सिँधै भुईँमा बजारिन पुगेको प्रतिवेदनमा भनिएको छ । यसो हुनुमा चालकको गम्भीर गल्तीका कारण तत्काल जहाजलाई अप्रेसनमा लैजान नसकेको र अन्तत: दुर्घटनामा परेको प्रतिवेदनमा छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

